TodayPati

मधेश प्रदेश सरकारको आन्दोलन स्थगित

टुडेपाटी-
जनकपुरधाम, साउन ३१ गते ।

प्रदेश प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले संघीय सरकारविरुद्ध थालेको आन्दोलन स्थगित गरेको छ । प्रदेश प्रमुखको कार्यालय अगाडि मधेश सरकारले तीनदिनदेखि धर्ना दिँदै आएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावछि अर्को गठबन्धनको सरकारले प्रहरी समायोजन गर्ने मौखिक आश्वासनको आधारमा प्रदेश सरकारले मात्रको मंगलबार आन्दोलन फिर्ता लिएको हो ।

Sponsored

अब चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाले मौखि आश्वासन दिएकाले आन्दोलन स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले चुनावपछि प्रहरी समायोजन गर्ने सरकारले आफू कहाँ प्रतिबद्धता गरेको धर्नास्थलमा भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदेशको गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको नेतृत्वमा आन्दोलन सुरु गरिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *