प्रहरी समायोजनको आश्वासनपछि मधेश सरकारको धर्ना स्थगित
टुडेपाटी-
जनकपुरधाम, साउन ३१ गते ।
मधेश प्रदेश सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजन गर्ने आश्वासन दिएपछि धर्ना स्थगित गरेको छ ।
धर्नाको तेस्रो दिन मुख्यमन्त्री लालबाबु राउतले पत्रकार सम्मेलनको आयोजना गर्दै धर्ना स्थगित गरेको जानकारी दिए ।
प्रधानमन्त्री देउवाले आउने सरकारले प्रहरी समायोजन पहिलो प्राथमिकतामा राख्ने बताएपछि धर्ना स्थगित गरिएको हो
सोमबार गृहमन्त्रीसँग तीन चरणमा कुरा भएको थियो ।