प्रदेश प्रमुखको कार्यालय अगाडि दोस्रो दिनपनि मधेश सरकारको धर्ना जारी
टुडेपाटी-
जनकपुरधाम, साउन ३० गते ।
प्रहरी समायोजन नगरेको भन्दै मधेश सरकारका मन्त्रीहरु बसेको धर्ना दोस्रो दिनपनि जारी रहेको छ ।
आन्दाेलनरत मधेश प्रदेश सरकारका मन्त्रीहरुले साेमबार पनि धर्नालाई निरन्तरता दिएका छन् ।
साेमबार अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, जसपाका सचेतक शैलेन्द्र यादव, पूर्व राज्यमन्त्री सुरेश मन्डलसहितकाले सहभागिता जनाएका छन् ।
उनीहरू प्रदेश प्रमुखको कार्यालय अगाडि टेन्ट टाँगेर धर्ना दिइरहेका छन ।
प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिँदै ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।
Sponsored
आइतबारदेखि प्रदेश सरकारले संघ सरकारविरुद्ध धर्नामा बसेको हो ।
एक सातासम्म प्रत्येक दिन २ घण्टा धर्ना दिने जनाइएको छ ।