TodayPati

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन

टुडेपाटी-

काठमाडौं, साउन ३० गते ।

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । 

Sponsored

आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रको राजीनामा स्वीकृत गर्दै कार्यसम्पादन समिति सदस्य बाँस्कोटालाई अध्यक्ष चयन गरेको हो । 

बास्कोटा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवार थिइन् । यसअघि पनि उनी २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवार थिइन् । 

विवेकशील साझा पार्टीले प्रेस विज्ञप्ति जारी संयोजक पदमा सञ्जीववल्लभ भट्टराईलाई चयन गरेको जानकारी दिएको छ । 

Sponsored

विवेकशील साझाले संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पार्टी दर्ता गर्न तयारी थाल्ने निर्णय पनि गरेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *