TodayPati

जनकपुरधाम केन्द्रित मधेश सरकारको आन्दोलन औचित्यहीन : लोसपा

टुडेपाटी–
जनकपुरधाम, साउन २९ गते ।

मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै सुरु गरेको आन्दोलनलाई मधेश प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले औचित्यहीन बताएको छ ।

लोसपाले प्रहरी समायोजन कार्यान्वयनको जिम्मा बोकेका नेपाल सरकारलाई जनकपुरधाममा धर्ना बसेर दबाव दिन नसकिने बताएको छ ।

Sponsored

लोसपाका मधेश प्रदेशका अध्यक्ष एवं संसदीय दलका नेता जितेन्द्र सोनल सर्वसम्मतले प्रहरी समायोजन विधेयक पारित भएपछि यसको कार्यान्वयनको जिम्मा नेपाल सरकारको भएको बताए ।

उनले जनकपुरधाममा आन्दोलन गरेर केहि नहुने र समायोजन रोकेका नेपाल सरकारलाई दबाव दिन काठमाडौं केन्द्रीत आन्दोलन गर्नुपर्ने बताए ।

प्रदेशमा सहभागी रहेका दलनै केन्द्रीय सरकारमा पनि रहेकाले उनीहरुका साथमा गएर आन्दोलन गर्नुपर्ने सोनलले बताए। उनले भने, ‘प्रदेशमा सबै त सरकारकै साथमा छ । यहाँ आन्दोलन गरेर के मिल्छ ? हामीलाई त नेपाल सरकारको विरुद्धमा आन्दोलन गर्नुछ ।’

Sponsored

सोनलले प्रदेशमा गरिएको आन्दोलनको कुनै औचित्य नरहेकाले आन्दोलन काठमाडौं केन्द्रीत गर्नुपर्ने बताए । उनले काठमाडौँमा आन्दोलन भए प्रतिपक्षी दलको पनि भूमिका रहने बताए ।

प्रहरी समायोजन नगरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सांसदहरु प्रदेशप्रमुखको कार्यालयमा एक सातासम्म धर्नामा बस्नेछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *