‘रेडियो नेपालको केन्द्रीय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रम प्रशारण गर्नुपर्छ’
टुडेपाटी–
काठमाडौँ, साउन २९ गते ।
रेडियो नेपालको केन्द्रीय प्रशारणबाट मैथिली र भोजपुरी भाषाका कार्यक्रमहरू प्रशारण गर्न नेकपा एकीकृत समाजवादीकी सांसद पुष्पाकुमारी कर्ण कायस्थले माग गरेकी छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले रेडियो नेपालको केन्द्रीय प्रशारणले मैथिली र भोजपुरी लगायतका भाषाका समाचार, सूचना र मनोरञ्जनका कार्यक्रमहरु रोकेको बताइन्।
उनले बर्दिवासको प्रशारणबाट हुक गरेर केन्द्रीय प्रशारणले समाचार दिँदा समस्या देखिने गरेको उल्लेख गरिन्। सांसद कायस्थले प्रदेशको प्रशारणलाई यथावत राखि केन्द्रीय प्रशारणले मैथिली र भोजपुरी भाषालाई प्राथमिकता दिइनुपर्ने बताएकी हुन्।