TodayPati

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

टुडेपाटी-

जनकपुरधाम, वैशाख ८ गते ।

कोरोना भाइरसका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ ।

Sponsored

वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या साढे सात लाखभन्दा बढी पुगेको छ । जसमध्ये सबैभन्दा बढी मृत्यु न्यूयोर्क राज्यमा भएको छ । कुल ४१ हजार ज्यान गुमाउनेमध्ये करिब १४ हजार ५०० न्यूयोर्कमा छन् ।

आइतबार नियमित पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पले ४० लाखभन्दा बढी अमेरिकीहरूको परीक्षण गरिसकिएको र परीक्षण ‘तीव्र गति’ मा अगाडि बढाइएको जानकारी दिए ।

‘परीक्षणमा कुनै पनि देश हामी नजिक छैन,’ उनले भने । यसैबीच कोरोनाभाइरसको विश्वव्यापी संक्रमण २४ लाख नजिक पुगेको छ । मृत्युका हिसाबले अमेरिकापछि सबैभन्दा बढी प्रभावित इटाली छ । इटालीमा ज्यान गुमाउनेको संख्या २३ हजार ६६० पुगेको छ । त्यस्तै संक्रमितको संख्या एक लाख ७८ हजार ९७२ पुगेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *