TodayPati

सिरहामा राहत माग्दै नगरपालिका कार्यालयमा ढुंगामुढा

टुडेपटी-

सिरहा, वैशाख ७ गते ।

सिरहामा राहत माग गर्दै स्थानीयले नगरपालिका कार्यालयमा ढुङ्गामुढा गरेका छन् । कोरोना भाइरसका कारण २७ दिन देखि ‘लकडाउन’ खेप्दै आएका सिरहाको सुखिपुर नगरपालिकाका विपन्न, गरिब, दलित तथा ज्याला मजदुरहरुले आइतबार अपराह्वन नगरपालिका कार्यालयमा ढुङ्गामुढा गरेका हुन् ।

Sponsored

लकडाउनका कारण गरिब, विपन्न, ज्यालादारी गर्ने मजदुर र असंगठित क्षेत्रमा काम गर्नेहरु सबैभन्दा बढी प्रभावित छन् । तर, सिरहाको सुखिपुर नगरपालिकाले हाल सम्म राहत वितरणको लागि तथ्यांक संकलनमा पक्षपात गरेको र हालसम्म राहत वितरण नगरेको भन्दै उनीहरुले राहतको माग गर्दै नगरपालिकामा ढुङ्गामुढा गरेको स्थानीय चन्द्रमोहन चौधरीले जानकारी दिए ।

राहतको माग गर्दै कार्यालमा आएकाहरुलाई कर्मचारीले दुरव्र्यवहार गरेपछि ढुङ्गामुढा सुरुभएको स्थानीयको भनाइ छ ।

नाम नबताउने सर्तमा उनले भने, ‘राहतको आशामा भेला भएकाहरुलाई कर्मचारीहरुले तिमिहरु यहाँ किन आएको आ–आफ्नो वडा कार्यालयमा जाउ भन्दै हप्की दप्की गरेपछि उनीहरुले ढुङ्गामुढा गरेका हुन् ।’

Sponsored

ढुङ्गामुढाबाट केही कर्मचारीहरुलाई चोट पटक लागेरको र कार्यालयका झ्यालका सिसाहरु फूटेको नगर प्रमुख रामऔतार यादवले बताए । उनले केही मोरसाइकलमा पनि क्षति पुगेको समेत जानकारी दिए ।

नगरपालीकामा लामो समयदेखि प्रशासकिय अधिकृत नभएकाले काम गर्न समस्या भएको यादवले बताए । नगरप्रमुख यादवले भने, ‘प्रशासकीय अधिकृत नभएकाले राहत वितरणमा समस्या भएको थियो । आजै नयाँ प्रशासकिय अधिकृत आईपुग्नु भएको छ । चाँडै राहत वितरण हुन्छ ।’

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले स्थानीयलाई सम्झाइ बुझाइ स्थिति नियन्त्रणमा लिएको बताइएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *