TodayPati

जनकपुरको बाटोमा पैसा छरेको नभइ महिलाको साथबाट झरेको पुष्टि, दुबैजना रिहा

टुडेपाटी-
जनकपुरधाम, वैशाख ७ गते ।


जनकपुरको बाटोमा पैसा छरेर कोरोना फैलाउने हल्ला निराधार भएको पुष्टि भएको छ । दुईजना महिलाले पैसा छरेको नभई प्रहरीलाई देख्दा आतिएर दौडेपछि झरेको तथ्य भेटिएको छ । ती दुबै महिलामा पीसीआर विधिबाट कोरोना समेत पुष्टि नभएपछि प्रहरीले आइतबार नै रिहा गरेको छ ।

दुबै महिलाले बैंकबाट पैसा साटेर घर फर्किँदै गर्दा महावीर चौकमा पुग्दा प्रहरीलाई देखेपछि आतिएर दौडेपछि खुल्ला पैसा बाटोमा झरेको प्रहरीमा बयान दिएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

Sponsored

गएको शुक्रबार जनकपुरको महावीर चोकमा खुद्रा पैसा छरेर कोरोना फैलाउने त्रास सृजना गरेको आरोपमा प्रहरीले दुबै महिलालाई शनिबार दिउँसो उनीहरुको आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरबाट पक्राउ गरेको थियो ।

पक्राउ पश्चात प्रहरीले प्रादेशिक अस्पताल जनकपुरमा पठाइ दुबैजनाको अरडीटी परिक्षण गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएपछि पुन: दुबै महिलाकोपीसीआर प्रविधिबाट स्वाब परिक्षण गरिएको छ । पीसीआर परिक्षणमा दुबैजनाको रिपोर्ट निगेटिभ आएको छ । दुबै महिला नन्द र भाउजू हुन् । प्रहरीको अनुसन्धानबाट पेेसा साथबाट झरेको पुष्टि र कोरोना नभेटेपछि दुबैजनलाई होम क्वारेन्टाइन मै बस्ने सल्लाह दिएर प्रहरीले छोडेको हो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *