म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु, २ जना घाइते
टुडेपाटी-
म्यादी, साउन १७ गते ।
म्याग्दीमा पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।
म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार आज बिहान जिल्लाको मालिका गाउँपालिका–२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो ।
‘प्रहरी टोली भर्खरै घटनास्थल पुगेको छ’, प्रवक्ता ढकालले टेलिफोनमा भने, ‘बेपत्ता ३ जनाको पनि शव भेटियो ।’ यससँगै मृतकको संख्या ५ पुगेको छ । सबै जना एकै परिवारका हुन् ।
उनका अनुसार पहिरोमा परी ३८ वर्षीय घामबहादुर, उनका पत्नी ३५ वर्षीया राममाया विक, छोरा १५ वर्षीय नविन विक, अर्का छोरा १३ वर्षीय राजन विक र नाम नखुलेकी ५ वर्षीया छोरीको शव फेला परेको हो ।
यस्तै त्यही ठाउँमा पहिरोल अर्काे घर पुर्दा २ जना घाइते भएका छन् ।
Sponsored
स्थानीय ६५ वर्षीय गोठे विक र उनकी पत्नी ६५ वर्षीयालाई घाइते अवसथामा उद्धार गरिएको प्रहरी निरीक्षक ढकालले टेलिफोनमा जानकारी दिए ।
फाइल फोटो