TodayPati

मधेस सरकारद्वारा आर्थिक वृद्धिमा योगदान दिने २३ उद्योग पुरस्कृत

टुडेपाटी-
सिमरा, साउन १७ गते ।

मधेश प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ ।

मधेश प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिमा भएको प्रगतिको पुनरावलोकन र आगामी सुधारको कार्यहरूबारे छलफल गर्न आयोजना गरेको औद्योगिक सम्मेलनमा उक्त पुरस्कार प्रदान गरिएको हो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सोमबार साँझ शुभारम्भ भएको मधेश प्रदेश औद्योगिक सम्मेलनमा प्रदेशमा रोजगार उपलब्ध गराउनुका साथै आर्थिक वृद्धिमा योगदान पुर्याउने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेका छन् ।

रोजगारी, सर्वोत्कृष्ट कर, कृषि र प्रविधिको क्षेत्रमा योगदान पुर्याएका उद्योगहरू लाई पुरस्कृत गर्दै मुख्यमन्त्री राउतले आर्थिक समृद्धिका साथै बेरोजगारी समस्या समाधानमा उद्योग क्षेत्रको योगदानको प्रशंसा गरे ।

पुरस्कृत हुने उद्योगहरूमा त्रीवेणि स्पिनिङ, जय स्पिनिङ, एन पि ड्रग्स, गणपति बनस्पति, अन्नपूर्ण भेजेटेबल, नारायणी भेजेटेबल, सुर्या नेपाल , डाबर नेपाल, हिमालयन डिस्टिलरी, मारुती सिमेन्ट ,निम्बस ग्रुप, इन्दुशंकर चिनी उद्योग, कुश एग्रो इन्टरप्राइजेज, ओम शिव पेज, हुलास स्टिल, शिबशक्ती म्यानुफेक्चरिङ, आर सि ब्याट्री,महालक्ष्मी सोलमेन्ट एण्ड रिफाइनरी, वर्ड्लिङ्क, ईन्टरनेट मार्केटिङ टुडे, जानकी टेक्नोलोजी, सालिमार ग्रुप, जगदम्बा सिमेन्ट रहेका छन् ।

सीप परियोजनाको सहकार्यमा जारी सम्मेलनमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, भुमी व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, बेलायती राजदुत निकोला पोलिट, प्रमुख सचिव कृष्णबहादुर राउतसहित प्रदेशका करिब सय जना उद्योगपतिहरुको सहभागिता रहेको छ ।

बुधबारसम्म चल्ने सम्मेलनमा आर्थिक वृद्धिका लागि आगामी दिनमा चाल्नुपर्ने कदमहरुबारे समुहगत तथा सामूहिक छलफल गरिने छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *