TodayPati

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त, साढे ५ बजे सपथग्रहण

टुडेपाटी–
काठमाडौं, साउन १५ गते ।

अर्थमन्त्रीमा पुनः नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

Sponsored

गत असार २२ मा बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए ।

संसदीय छानबिन समितिले उनलाई क्लिनचिट दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रीको रुपमा नियुक्त गरेका हुन् ।

शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *