अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुँदै
टुडेपाटी–
काठमाडौँ, साउन १५ गते ।
नेकपा माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पुनः पठाउने भएको छ।
करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई संसदीय छानबिन समितिले सुनियोजित रुमपा सफाइ दिएपछि उनैलाई अर्थमन्त्री बनाइने भएको हो।
‘अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै पठाउने निर्णय पार्टीले लिएको माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।
जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछि शर्माले असारस २२ गते पदबाट राजीनामा दिएका थिए।
शुक्रबार छानबिन समितिले शर्मालाई सफाइ दिएपछि उनी अर्थमन्त्रीमा पुनः नियुक्त हुन लागेका हुन् ।
Sponsored
शर्माका शपथ आइतबार साँझका लागि निर्धारण भएको बालुवाटारले जनाएको छ।