TodayPati

मधेस प्रदेश : ६० बिगहामा लगाइएको गाँजाखेती प्रहरीद्वारा नष्ट

टुडेपाटी-
जनकपुरधाम, साउन १५ गते ।

मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता मिलेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष सक्रियतामा आर्थिक बर्ष २०७८/०७९ मा लागूऔषध नियन्त्रणमा सफलता मिलेको हो ।

गत आर्थिक वर्षमा मधेस प्रदेशको ८ जिल्ला अन्तर्गत विभिन्न स्थानमा ६० बिगहा साढे १७ कठा जग्गामा लुकाई छिपाई लगाइएको लागूऔषध गाँजाखेती नष्ट गरेको डिआईजी मगरले बताए ।

Sponsored

त्यसैगरि सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलीले सोही अवधिमा २६ सय ६७ किलोग्राम गाँजा बरामद गरि नष्ट गरेको छ । गांजा लगायत लागूऔषध कारोबारमा संलग्न एकसय ७३ जना लाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउनुका साथै उनीहरुले प्रयोग गरेको ३५ थान सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७८ साउन देखि गत साउन मसान्तसम्म मधेस प्रदेशको विभिन्न स्थान बाट सशस्त्र प्रहरीको गस्ती टोलिले झन्डै ३२ किलोग्राम चरेस,१००ग्राम ७३ मिलिग्राम ब्राउनसुगर,३७२० एम्पुल नर्फिन,४ हजार ७३ एम्पुल डाईजिपाम,२६ सय ४३ एम्पुल फेनारगन सशस्त्र प्रहरीले बरामद गरेको छ ।

त्यस्तै २५ सय ९३ ट्याबलेट नाईट्रोभेट,१३ सय ६५ बोतल कोरेक्स,६६ ट्याबलेट स्पाम,र ५१८२ थान अन्य खुद्रा लागुऔषध ट्याबलेट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासको तथ्यांकमा उल्लेख रहेको छ ।

Sponsored

मधेस प्रदेश अन्तर्गत ८ जिल्लासँग जोडिएको भारतीय बजारबाट लागूऔषध कारोबारीहरुले लुकिछिपी विभिन्न खाले ट्याबलेट, ईन्जेक्सन तथा झोल पदार्थ भित्र्याउने गरेका छन् । त्यसैगरी मकवानपुर, पर्सा, सिन्धुली लगायतको जिल्लामा अवैधरूपमा उत्पादन भएको लागूऔषध गाँजा तराई मधेसका साथै तस्करहरुले भारतसम्म लैजान गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *