TodayPati

पर्साका अधिकांश उम्मेदवारले बुझाएनन् खर्च विवरण

टुडेपाटी-

पर्सा, साउन १४ गते ।

पर्साका विभिन्न स्थानीय तहमा उम्मेदवार बनेका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचनमा भएको खर्च विवरण बुझाएका छैनन् ।

Sponsored

जिल्ला निर्वाचन कार्यालय, पर्साका अनुसार पर्सामा गत स्थानीय चुनावमा तीन हजार चार सय ५८  उम्मेदवार बनेकामध्ये १ दशमलव २७ प्रतिशतअर्थात् ४४ ले मात्र खर्च विवरण पेश गरेका छन् । जिल्लाका १४ पालिकामा स्थानीय निर्वाचनमा उम्मेदवार बनेका तीन हजार चार सय ५८ मध्ये ४४ ले मात्र निर्वाचन खर्च पेश गरेका हुन् ।

नियमअनुसार तोकिएको समयभित्र चुनाव खर्च विवरण पेश नगर्दा हरेक उम्मेदवारलाई जनही रु पाँच हजार जरिवाना हुनसक्ने नियम छ । पर्सामा वीरगञ्ज  महानगरपालिका, तीन नगरपालिका र दश गाउँपालिका रहेका छन् ।

निर्वाचन कार्यतालिका अनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी प्रावधान छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *