एक वर्षमै नेपालीले आयात गरे साढे २१ करोडभन्दा बढीको तास
टुडेपाटी–
काठमाडौँ, साउन १२ गते ।
नेपाली जनताले एक वर्षमै साढे २१ करोडभन्दा बढकिो तास आयात गरेका छन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट साढे २१ करोड रुपैयाँभन्दा बढीको तास आयात गरेको छ ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो ।
एक वर्षमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ ।
एक वर्षको अवधिमा १ करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको हो । विभागका अनुसार नेपालमा चीन, फ्रान्स, जर्मनी, हंगेरी, भारत र अमेरिकाबाट तास आउने गरेको छ ।
Sponsored
आर्थिक वर्ष २०७७/७८ मा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँको तास आयात भएको थियो ।