मधेश प्रदेश : लागूऔषध कारोबारमा संलग्न १२८५ जना पक्राउ
टुडेपाटी-
जनकपुरधाम, साउन १२ गते ।
मधेश प्रदेशमा एक वर्षको अवधिमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २८५ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
गत आर्थिक वर्षमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २६० पुरुष र २५ महिला गरी कूल १ हजार २८५ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले
जनाएको छ ।
लागूऔषध तर्फ प्रहरीले ४ हजार ३५ किलो ८६० ग्राम गाँजा, १६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हिरोईन, २१३ लिटर डाईलेक्स डिसि, ७० हजार १२४ पिस लागू औषध ट्याब्लेट र ३९ हजार ६७ पिस लागूऔषध इन्जेक्सन बरामद गरेको तथ्याङ्कमा उल्लेख छ ।