TodayPati

मधेश प्रदेशसहित देशभर वर्षा, सतर्कता अपनाउन आग्रह

टुडेपाटी-
जनकपुरधाम, साउन ११ गते ।

बुधवार बिहान प्रदेश १, मधेश प्रदेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले बुधवार एक बुलेटिन जारी गर्दै अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको र सो क्षेत्रमा वर्षा भइरहेको जनाएको हो ।

Sponsored

विभागका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित रहेको छ भने पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ ।

यस्तै बुधवार दिउँसो तथा रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको पूर्वानुमान छ ।

विभागले आगामी २४ घण्टामा देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको साथै प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको समेत जनाएको छ । उक्त भू-भागहरुमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भन्दै विभागले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *