TodayPati

सप्तरीमा जमातीका सम्पर्कमा रहेका एकजनामा आरडीटी रिपोर्ट पोजेटिभ

टुडेपाटी-

सप्तरी, वैशाख ७ गते ।

सप्तरीमा एक जनामा र्‍यापिड टेस्ट किट (आरडीटी) को रिपोर्ट ‘पोजेटिभ’ पाइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरका ७१ वर्षीय बृद्धलाई र्‍यापिड टेस्ट गरिएकोमा उनको परीक्षणको नतिजा पोजेटिभ आएको हो ।

Sponsored

कोरोना पोजेटिभ देखिएका बृद्धलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

उनको थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पठाइएको मेसु डा. दासले बताए ।

उनीसँगै जाँचका लागि ल्याइएका उनका छोरा (मौलबी) र पत्नीलाई समेत अस्पतालको छुट्टै कोठामा राखिएको र उनीहरुको पनि भोली परिक्षण गरिने मेसु दासको भनाइ छ ।

Sponsored

आरडीटी टेस्टमा पोजेटिभ देखिएका सो बृद्ध नोवेल अस्पतालमा निरन्तर डायलायसिस गराउँदै आईरहेकोले उनी हाई रिस्क जोनमा रहेको बताइएको छ ।

शुक्रबार उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितसँग उनको पनि भेटघाट भएको हो ।

१६ जनाको समूह सप्तरीको सप्तकोशी नगरपालिका-१ फत्तेपुरमा विवाह समारोहमा पनि सहभागी भएका थिए । तर त्यहाँ लकडाउनले गर्दा भारतबाट जन्ती आउन सकेको थिएन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *