TodayPati

मधेश सरकारको स्थायी संरचना निर्माणकालागि चुरोट कारखाना हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई ज्ञापन

टुडेपाटी-
जनकपुरधाम, साउन ८ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका लागि प्रधानमन्त्रीसहित गठबन्धनका शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रदेशको नामाकरण तथा राजधानी घोषणा भइसकेको भन्दै अस्थायी रुपमा प्रदेश सरकारलाई दिइएको संरचनालाई स्थायी रुपमा हस्तान्तरण गरिदिनका मुख्यमन्त्री राउतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापनपत्र दिएका हुन् ।

Sponsored

राजधानीको भौतिक संरचना निर्माणको लागि सम्भाव्यताको अध्ययन गर्न गठन गरिएको समितिले प्रदेशको सरकारी संरचना रहेको जनकपुर चुरोट कारखाना (मधेश भवन) र प्रदेशसभा रहेको स्थान लगायतका स्थानहरुमा स्थायी संरचना निर्माणका लागि सिफारिस गरेकोले मधेश भवन, प्रदेशसभा लगायत सिफारिस गरिएका जग्गाहरु प्रदेश सरकारको नाउँमा हस्तान्तरण गर्न अनुरोध गरेका हुन् ।

मुख्यमन्त्री राउतले जग्गा हस्तान्त्ररण गर्नुका साथै स्थायी भौतिक संरचनाका लागि चाहिने आर्थिक श्रोतको व्यवस्थापन गर्न संघीय सरकारसँग माग गरेको छ ।

यस्तै मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसुची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार सुचीभित्र रहेकाले आगामी निर्वाचन आगावै प्रहरी समायोजन गरिदिन अनुरोध गरेका हुन् ।

Sponsored

‘प्रहरी समायोजन ऐन तथा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था गर्न संघीय ऐन समेत बनी सकेको छ। अतः धानिक तथा कानूनी व्यवस्थाको आधारमा अगामी निर्वाचन अगावै नै प्रहरी समायोजन गरी हस्तारण गर्न तथा जिल्ला प्रशासनलाई प्रदेश सरकार मातहत ल्याउन आवश्यक निर्णय तथा निर्देशन दिइ पहल गरी दिनु हुन सादर अनुरोध छ’, मुख्यमन्त्री राउतले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ ।

प्रधानमन्त्रीसहित गठबन्धन दलभित्रका शिर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाउन मुख्यमन्त्री सहित प्रदेशका मन्त्रिहरु र मुख्यन्यायाधिवक्ता उपस्थित थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *