TodayPati

जनकपुरमा कोरोना पोजेटिभ देखिएपछि संक्रमित बस्ने वडा सील गर्ने निर्णय

टुडेपाटी-

जनकपुरधाम, वैशाख ६ गते ।

पक्राउ परेका पैसा फ्याल्ने महिलामा कोरोना परीक्षण देखिएपछि जनकपुर उपमहानगरपालिका ७ को आपत्तकालीन बैठक बसिरहेको छ । 

Sponsored

जनकपुरमा पैसा छर्दैं भाग्दै गरेकी महिला शनिबार पक्राउ परेकी हुन् । उनीहरुलाई कोरोना भाइरस जाँच गराउँदा पोजेटिभ निस्केको छ । वडा नम्बर सात निवासी ती महिलाहरुलाई जाँच गर्दा पोजेटिभ देख्दा पुरै वडामा त्रास फैलिएको छ । 

त्यो अन्तर्गत जानकी टोललाई तत्काल सील गर्ने निर्णय भएको किशोर गुरुले बताए । ती महिलाहरु जानकी टोलमा बस्छिन् । भोली विहान ६ वजेदेखि जानकी टोललाई सेनिटाइजर गरि सिल गर्ने र रेपिड जाँच तत्काल शुरु गर्ने निर्णय भएको ७ नम्बर वडाका वडाध्यक्ष जानकी राम साहले बताए ।

ती महिलाहरु गृहिणी हुन् । ती महिला मध्ये अमुना खातुनको श्रीमान स्वर्गवास भइसकेको छ भने र छोरा वैदेशिक रोजगारमा रहेका छन् । अर्काे महिला अनिला खातुनको श्रीमान वैदेशिक रोजगारीबाट धेरै पहिला फर्केका हुन् । अमुना खातुनका छोराले पठाएको रुपियाँ आइएमइबाट ल्याएर फर्किदा बाटोमा पैसा झरेको र आफूहरुले ती पैसा नछरेको प्रहरीमा बयान दिएकी छन् ।

Sponsored

प्रहरी श्रोतका अुनसार अमुना खातुन केही दिन पहिले मात्र भारतको मधुवनीबाट फर्केकी हुन् । अमुना खातुनका छोरी मधुवनीमा बस्छिन् । छोरीलाई भेटेर उनी फर्केका हुन् । प्रहरी श्रोत भन्छन्, दुईजना महिलामध्ये एकजनामा मात्र पोजेटिभ देखिएको हो ।  

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *