TodayPati

सद्भावना पार्टीमा फर्किइन् पूर्वमन्त्री सरिता गिरी

टुडेपाटी-
काठमाडौं, साउन ७ गते ।

पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा फर्किएकी छन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत गरेका हुन् ।

गिरीले पनि आफू पुरानो घरमा फर्किएको भन्दै खुसी साटिन् ।

Sponsored

शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रमका बीच गिरीलाई उक्त पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै गिरीले आफूले कहिल्यै पनि नेपाल सद्भावना पार्टी परित्याग नगरेको स्मरण गराइन् ।

कार्यक्रममा पार्टीका कार्यकारिणी सदस्य नागेन्द्रकुमार सिंह, कार्यक्रमको सभा अध्यक्ष समेत गरेका केन्द्रीय अध्यक्ष रामकुमार महतो, केन्द्रीय सदस्यहरू सुनितादेवी महतो, सत्यनारायण प्रसाद रौनियार, भरतप्रसाद साह, जयनारायण यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो क्रममा नेता गिरीलाई सदस्यता नवीकरणको प्रमाणपत्र प्रदान गरिएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *