TodayPati

लाखौं नागरिकलाई नागरिकता लिन बाटो खुल्यो !

टुडेपाटी-
जनकपुरधाम, साउन ७ गते ।

लामो समयपछि जन्मसिद्ध नागरिकका सन्तान तथा अंगिकृत नागरिकले नागरिकता पाउने बाटो खुलेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक बहुमतले पारित भएपछि नागरिकता लिने बाटो खुलेको हो ।

Sponsored

कानुन अभावमा वर्षौंदेेखि बञ्चिन तराई मधेशका लाखौं नागरिकले नागरिकता पाउने भएका छन् ।

छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो।

नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लाेकतान्त्रिक समाजवादी पार्टी उभिए। नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा बसे।

Sponsored

यसअघि  राज्य व्यवस्था समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि राखेको सात वर्षे प्रावधान बहुमतले अस्वीकृत भएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले अस्वीकृत गरेका हुन्। 

नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका ४५ जना सांसदले ९४ वटा विषयमा संसोधन प्रस्ताव राखेका थिए।

तर सत्ता पक्षका सांसदले गृहमन्त्रीको जवाफ पछि आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *