TodayPati

समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक : एमाले उपाध्यक्ष पाण्डे

रासस-
जनकपुरधाम, साउन २ गते।

नेकपा एमालेका उपाध्यक्ष सरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ ।

जनकपुरधाममा आज आयोजित नेकपा एमालेका एमालेको मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष पाण्डेले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताउनुभयो ।

Sponsored

‘‘काँग्रेस वा अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउछु भन्ने कुरा सपना मात्रै हो”, उहाँले भन्नुभयो,‘‘ कुनै पनि लक्ष्य प्राप्त गर्न पहिला राज्य सत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनि मात्रै एजेण्डा पुरा गर्न सकिन्छ ।” त्यसका लागिे सरकार वा सत्ता नेतृत्व कम्युनिष्टहरुको हातमा आउन ती शक्तिबीच एकता जरुरी छ, उहाँको भनाई थियो ।

काँग्रेससँग गठबन्धन गरेर माओवादी र समाजवादीका नेताहरु आफ्ना दुई÷चार जनालाई मन्त्री र सांसद बनाउने काम बाहेक केही गर्न नसक्ने दाबी गर्नुहुँदै उहाँले केही दिनभित्रै नेकपा एकिकृत समाजवादी पार्टीका ठुलो संख्यामा नेता कार्यकर्ताहरु एमालेमा फर्किन लागेको खुलासा गर्नुभयो ।

नेकपा एमाले र नेपाली काँग्रेस मात्र एक अर्काका प्रतिष्पर्धी पार्टी रहेको उल्लेख गर्नुहुँदै उहाँले आगामी निर्वाचन पश्चात अन्य पार्टी बिस्तारै खिएर जाने बताउनुभयो ।

Sponsored

‘‘ सुरुमा मधेस केन्द्रीत दलहरु आफुलाई मधेसको नयाँ शक्ति र बैकल्पीक शक्तिको रुपमा दाबी गर्दैथ्यो”,उहाँले भन्नुभयो,‘‘ तर अहिले उहाँहरुको अवस्था हेर्नुस् त, बिस्तारै धरासायी बन्दैछ ।” आगामी निर्वाचनपछि उहाँहरु अझै खिएर जानेछ, उहाँको कथन थियो ।

स्थानीय तहको निर्वाचनमा भएको कमि कमजोरीलाई समिक्षा गरी अघि अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन गर्नुहुँदै आपस, आपसमा भिड्ेर उक अर्कालाई हराउने कामले कसैको भलो नहुने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका सचिव तथा मधेश प्रदेशका ईञ्चार्ज रघुबीर महासेठले नेपालको राष्ट्रिय राजनीतिमा बिदेशी हस्तक्षेप बढ्ने खतरा बढ्ेको भन्दै राष्ट्रियताको रक्षाका लागि आफ्नो पार्टी जस्तो सुकै मूल्य चुकाउन तयार रहेको बताउनुभयो ।

सो प्रशिक्षण कार्यक्रममा एमालेको पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री प्रभु साह, पुरुषोतम पौडेलले मधेस प्रदेशको शक्ति सन्तुलन र एमालेको भुमिका, आन्दोलनमा एमाले र प्रचार काम लगायतका बिषयमा प्रशिक्षण दिनुभयो ।
नेकपा एमाले मधेस प्रदेश समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रम प्रदेशका आठ वटै जिल्लाका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *