TodayPati

मुख्यमन्त्री कार्यालयले ६६ लाखमा खरिद गरेको ६ वटा सफ्टवेयर प्रयोग विहीन

टुडेपाटी-
जनकपुरधाम, साउन १ गते ।

मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयले ६६ लाखमा ६ वटा सफ्टवेयर खरिद गरि प्रयोग बिहीन राखेको पाइएको छ ।

महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको चौथो महालेखा परीक्षण प्रतिवेदनमा मुख्यमन्त्री कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा आयोजना व्यवस्थापन, अफिस अटोमेसन लगायतका ६ प्रकारका सफ्टवेयर ६६ लाख १८ हजारमा खरिद गरेको थियो ।
तर, ती सफ्टवेयरहरु उपयोगमा नरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

Sponsored


‘ सफ्टवेयर निर्माताले कार्यालयमा सफ्टवेयरहरू जिम्मा लगाएको एक वर्षसम्म सुधार तथा मर्मत सेवा उपलब्ध गराउने उल्लेख भएकोमा सफ्टवेयरहरू प्रयोगमा नल्याएकोले मर्मत सुधार अवधिसमेत समाप्त हुने देखियो’ प्रतिवेदनमा लेखिएको छ ‘सफ्टवेयर खरिद गरेपछि लागु हुनसक्ने, नसक्नेतर्फ खरिद गर्नु पूर्व विश्लेषण गर्नुपर्ने, उपलब्ध जनशक्तिको क्षमता, सफ्टवेयरको आवश्यकता विश्लेषण नगरी खर्च गरेकोले उपयोगविहीन रहेको ‘

खरिद भएका सफ्टवेयरहरू उपयोगमा ल्याउन महालेखा परीक्षकले भनेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *