TodayPati

मधेश प्रदेश प्रमुखद्वारा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण

टुडेपाटी-
जनकपुरधाम, साउन १ गते ।

मधेस प्रदेशको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ प्रमाणीकरण भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाबाट पारित प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण गरेका हुन् ।

Sponsored

उनले शनिबार सो विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश सभाको बैठकले गत असार २६ गते उक्त विधेयक पारित गरी प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *