TodayPati

अत्यधिक गर्मी बढेपछि धमाधम बन्द हुँदै तराईका विद्यालय

टुडेपाटी-
वीरगञ्ज, असार ३२ गते ।

अत्यधिक गर्मीका कारण तराईका विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ।

सोही क्रममा पर्साका विभिन्न पालिकाका सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ।

Sponsored

हालसम्म वीरगञ्ज महानगरपालिकासहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन्।

वीरगञ्ज महानगरभित्रका सबै विद्यालयमा आगामी साउन १ देखि साउन २० गतेसम्म पठनपाठन बन्द हुने भएको छ।

शैक्षिक क्यालेन्डरमा साउन ८ गतेदेखि वर्षे बिदा भए पनि संशोधन गरेर पठनपाठनका लागि बिदा दिइएको महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

Sponsored

यसैगरी पर्साको कालिकामाई गाउँपालिकाले सामुदायिक विद्यालयमा गर्मी बिदा दिएको छ।

गाउँपालिका शिक्षा शाखाका अनुसार गाउँपालिकाअन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा साउन १ देखि साउन २९ गतेसम्मका लागि बिदा दिइएको हो।

पोखरिया नगरपालिकाले पनि विद्यालयमा गर्मी बिदा दिएको छ।

पोखरिया नगरपालिकाले गर्मी बढेपछि साउन १ देखि साउन २८ गतेसम्मका लागि बिदा दिएको हो।

यसैगरी पकाहामैनपुर गाउँपालिकाले साउन १ देखि साउन २८ गतेसम्म सामुदायिक विद्यालयमा बिदा दिएको छ।

बिन्दवासिनी गाउँपालिका विद्यालय पनि एक महिनाका लागि बन्द गरिएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *