नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक पारित
टुडेपाटी–
काठमाडौँ, असार २७ गते ।
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक २०७९ सर्वसम्मतले पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक सर्वसम्मतले पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक पारित गरियोस् भन्ने पेस गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे ।
पारित हुनु अघि भएको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको गृहमन्त्री खाणले जवाफ दिएका थिए ।
Sponsored