TodayPati

मगही भाषाको संरक्षणका लागि अभियान चलाउनुपर्छ : मधेशका गृहमन्त्री साह

टुडेपाटी-
जनकपुरधाम, असार २६ गते ।

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मगही भाषाको संरक्षण र सम्बद्र्धनको सबाललाई अभियानको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

मगही अकादमी (गया) विहार, मगही लोक तूतवाडी, गायाद्वारा होटल सुकदेव प्यालेस मानपुर गायामा आइतबार आयोजित अन्तर्राष्ट्रिय मगही सम्मेलन तथा डा. रामप्रसाद सिंह साहित्य पुरस्कार समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

Sponsored

मन्त्री साहले पछिल्लो समय मगही भाषामाथि अतिक्रमण हुने क्रम बढेकाले संरक्षण र सम्बद्र्धनका लागि अभियान चलाउनुपर्ने बताए ।

“कुनै समुदायलाई कमजोर गर्नुछ भने सबै भन्दा पहिला ती समुदायको भाषामाथि आक्रमण हुन्छ, त्यसपछि संस्कृति र भेषभूषालाई कमजोर पार्ने काम गरिन्छ”, मन्त्री साहले भने,“नेपालमा पनि मगही भाषालाई कमजोर पार्ने काम भईरहेको छ र भारतमा पनि त्यही अवस्था छ ।”

त्यसैले नेपाल र भारतका अभियानीहरुले मगही भाषाको संरक्षण र सम्बद्र्धनका लागि अभियान चलाउनुपर्छ, उनको भनाई थियो ।

Sponsored

नेपालमा हालै भएको राष्ट्रिय जनगणनामा मगही भाषाको संख्यालाई कम देखाई कमजोर बनाउन राज्यका तर्फबाट ठूलो चलखेल भएको आरोप लगाउदै मन्त्री साहले भारतमा हुने जनगणनाका बेला मगही भाषा अभियानीहरु सचेत हुनुपर्नेमा जोड दिए ।

बिरबहादुर महतोको अध्यक्षतामा आयोजित सो कार्यक्रममा महगी भाषाका अभियानीहरु, सरोकारबाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *