TodayPati

‘नागरिकता विधेयक पारित भए ११ लाखले नागरिकता पाउने’

टुडेपाटी–
काठमाडौं, असार २६ गते ।

नागरिकता विधेयक पारित भए नागरिकतबाट वञ्चित रहेका ११ लाख जनाले नेपाली नागरिकता प्राप्त गर्ने दाबी गरिएको छ ।

सरकारले हालै प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक जस्ताको तस्तै पारित भए ११ लाख नागरिकताविहीनले नागरिकता पाउने महिला कानुन विकास मञ्च (एफडब्लूएलडी) ले दाबी गरेको हो ।

Sponsored

एफडब्लूएलडीले प्रस्तावित नागरिकता विधेयकका प्रावधान र नागरिकताविहीनको समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकताविहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको एफडब्लूएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए ।

जन्मको आधारमा नागरिकता लिएकाको सन्तानमध्ये ५ लाख भन्दा बढी नागरिकता लिन योग्य रहेको तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको छ ।

आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजार बढीले पाउने एफडब्लूएलडीको तथ्यांक छ ।

Sponsored

यी दुबै समस्या समाधान गर्ने गरी विधेयक आएको र जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *