जनकपुरमा प्रहरीको दादागिरी : युवकलाई बेस्सरी चुटाई, उल्टै दाजुभाईमाथि ज्यानमार्ने मुद्दा (भिडियो)
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, वैशाख ६ गते ।
जनकपुरमा लकडाउनका नाममा प्रहरीले चरम ज्यादती गरेको घटना सार्वजनिक भएको छ । जनकपुरको रामानन्दतोकभन्दा अढाईसयमिटर पूर्व जानकी आँखा अस्पतालको अगाडी किराना पसलमा समान किन्न गएका युवकमाथि प्रहरीले लकडाउनको नाममा क्रुरतापूर्वक कुटपिट गरी उल्टै दाजुभाइमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको हो ।
जनकपुरको बलवा टोलस्थित प्रहरी चौकीमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार लालबाबु साहलाई कुटपिट गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका ८ का २८ वर्षीय अमितकुमार सिंह र उनका भाइ २३ वर्षीय सुमितकुमार सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको हो ।
प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा गएको चैत ३० गते दाजुभाइलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर ज्यान मार्ने उद्योग मुद्दा चलाएर अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
तर एक स्थानीय प्रत्यक्षदर्शीले शुक्रबार त्यस घटनाको भिडियोसार्वजनिक गरेपछि प्रहरीले उक्त गलत क्रियाकलाप सार्वजनिक भएको हो । लकडाउनको निहुमा प्रहरीले उल्टै निर्दयीतापूर्वक कुटपिट गरी दाजुभाईमाथि नै ज्यान मार्ने उद्योग मुद्दा चलाएपछि स्थानीयहरु आश्चर्यमा परेका छन् ।
यसरी भयो घटना :
एक प्रत्यक्षदर्शी स्थानीयका अनुसार गएको आइतबार आइतबार अपराहन्न ४ बजे अमित किराना पसलमा समान किन्न आएका थिए । केहि व्यक्तिहरु त्यहाँ उपस्थित थिए । त्यतिकैकमा बल्बा प्रहरीचौकीबाट हवल्दार लालबाबु साहसहित दुई प्रहरी त्यहाँ आएर लकडाउनमा किन भिड लगाएको भन्दै अभद्र गाली गर्न थाले । त्यतिकैमा अमितले दाई गाली किन गर्नु भएको प्रश्न गरे । यति नभन्दै मुखमुखै लागेको भन्दै हवल्दार साहले दुबै हातको पुरै बल लगाएर लठ्ठी प्रहार गर्दै जाइलागे । अर्का प्रहरीले अमितको हात समातेको थिए । हवल्दारले कुट्न थाले । आत्मरक्षा गर्ने क्रममा अमितको मोबाइलले प्रहरी हवल्दारको टाउकोमा लागेपछि आफुमाथि कुटपिट गरेकोभ भन्दै उनी झनै अमितमाथि लठ्ठी प्रहार गरेका थिए । अमितको घर नजिकै भएकाले भाई सुमितले थाहा पाउँदा दौडेर दाईलाई नकुट्न भन्दै छुटाउन खेजेका थिए । त्यतिकैमा जिल्ला प्रहरी कार्यालयको भ्यान आएर दुबै दाजुभाईलाई पक्राउ गरी लगेका थिए । पछि दुबैदाजुभाई माथि प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको छ ।
अर्का प्रत्यक्षदर्शी स्थानीयले भने ‘प्रहरी भनेको कानुनको रक्षक हो । तर यहाँ प्रहरीे बर्दीको आडमा गुण्डागर्दी गरेका छन् । उल्टै क्रुरतापूर्वक कुटपिट गरे । पक्राउ गरी लगेर दाजुभाईमाथि मुद्दा चलायो । प्रहरीले यतिसम्म गर्छ भनेर हामीले सोँचेका पनि थिएनौ । प्रहरी हुँदैमा जस्तो पनि अपराध गरेर पचाउन सकिन्छ र निर्दोशलाई फसाउन मिल्छ ?’
Sponsored
अमित र सुमितका बुबा रामनरेशले छोरालाई प्रहरीले अनाहकमा कुटपिट गरी उल्टै ज्यान मार्ने उद्योग मुद्दा चलाएर छोराहरुमाथि अन्याय गरेको बताए ।
‘लकडाउनमा किराना समान र तरकारी किन्न पनि बर्जित छ । त्यसो भए के खाने ? छोरा तरकारी र मछरधुप लिन पुगेको थिए । तर प्रहरीले निर्दयीतापूर्वक कुटपिट गरे । उल्टै समातेर लगि ज्यान मार्ने मुद्दा चलाए । मेरो दुबैछोरामाथि प्रहरीले अन्याय गरेका छन् । दोषी प्रहरीलाई कारबाही होस् ।’
घटनाको भिडियो सार्वजनिक भएपछि प्रहरीको उक्त ज्यादती घटना छताछुल्ल भएको छ । यता धनुषाका धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले आफुले कुटपिट भिडियो नहेरेको, तर लकडाउनको निहुमा कुनै पनि सर्वसाधारणमाथि अत्यधिक बल प्रयोग गर्न नमिल्ने बताए ।
प्रहरीले यसरी गरे निर्घात कुटपिट –