गोली लागेर गम्भीर घाइते भएका जापानको पूर्वप्रधानमन्त्रीको निधन
एजेन्सी–
काठमाडौँ, असार २४ गते ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ।
शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो।
गोली लागी गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको हो।
जापानी मिडियाका अनुसार गोली लागेपछि आबेलाई कार्डियाक अरेस्ट भएको थियो।
गोली चलाएको आशंकामा प्रहरीले ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।
Sponsored
संदिग्ध व्यक्ति तेत्सुया यामागामीलाई उद्धृत गर्दै पुलिसले आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएको छ।
यामागामीलाई निशी पुलिस स्टेसनमा लगिएको छ।
पश्चिमी सहर नारामा भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै प्रधानमन्त्री फुमियो किशिदाले निन्दा गरेका छन्।