अष्ट्रेलियामा हुने टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइने
टुडेपाटी–
काठमाडौं, असार २४ गते ।
नेपालमा टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक ल्याइने भएको छ । अष्ट्रेलियामा अक्टोबर १६ बाट सुरु हुने टी–२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार ट्रफी टुर शुक्रबारबाट सुरु भएको छ ।
ट्रफीलाई विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट विश्वको विभिन्न शहरहरुमा पुर्याउने यात्रा सुरु भएको हो । जसलाई ३० अगस्टमा काठमाडौं ल्याइने आइसीसीले जनाएको छ ।
ट्रफी टुर विभिन्न १३ देशका ३५ शहरमा गरिनेछ ।
नेपालसहित, फिजी, फिनल्यान्ड, जर्मनी, घाना, इन्डोनेसिया, जापान, नामिबिया, सिंगापुर र भानुआतुमा पहिलो पटक टी–२० विश्वकपको ट्रफी पुग्न लागेको हो ।
Sponsored
सन २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी समेत नेपाल ल्याइएको थियो ।