जापानका पूर्वप्रधानमन्त्री शिन्जोमाथि गोली प्रहार
एजेन्सी-
जनकपुरधाम, असार २४ गते ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ ।
जापानको सार्वजनिक प्रसारक एनएचकेको रिपोर्टअनुसार नारा सहरमा एक कार्यक्रममा भाषण गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको हो । गोली लागेर उनी गम्भीर घाइते भएका छन् ।
गोली लागेपछि उनी ढलेका तस्बिर तथा भिडिओ सार्वजनिक भएका छन्। मिडिया रिपोर्टका अनुसार उनलाई पछाडिबाट दुईपटक गोली लागेको थियो। उनको अवस्था चिन्ताजनक छ।
घटनास्थलमा एनएचके रिपोर्टरले गोली चलेको सुनेको र शिन्जो आबे रगतले लतपतिएको देखेको बताएका छन्।
गोली कसले र किन चलायो भन्ने पनि खुल्न सकेको छैन। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Sponsored
६७ वर्षीय शिन्जो आबे लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) पार्टीका नेता हुन् । आबे सन् २००६–०७ मा जापानका प्रधानमन्त्री थिए। आबेलाई आक्रामक नेता मानिन्छ।