TodayPati

आज देशका धेरै स्थानमा वर्षाको सम्भावना

टुडेपाटी-
जनकपुरधाम, असार २४ गते ।

आज देशभरजसो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका केही स्थानमा वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ ।

Sponsored

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति देशभर धेरै स्थानमा मेघगर्जन,चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश नं १ र मधेश प्रदेशका एकदुई स्थान साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश नं १ र मधेश प्रदेशका एक दुई स्थान साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनरयातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *