TodayPati

जनकपुरमा ८ बिगाहा सरकारी जग्गा भोगचलन प्रकरणमा ३० जनालाई हाजिर हुन अख्तियारको निर्देशन

टुडेपाट-
जनकपुरधाम, असार २३ गते ।

जनकपुरमा८ बिगाहाभन्दा बढी सरकारी जग्गाभोगचलन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० जनालाई हाजिर हुन सूचना जारी गरेको छ ।

पीडारीचोक स्थित ८ विघा सरकारी जग्गा दिवश विक्रम शाहको नाममा भोगचलन गरेको प्रकरणबारे सोधपुछ गर्न अख्तियारले  उनीहरूलाई ७ दिनभित्र हाजिर हुन सूचना जारी गर्दै ह निर्देशन दिएको हो ।

Sponsored

अख्तियारले आज दोस्रो पटक सार्वजनिक सूचना जारी गर्दै शाहसहित ३० जनाको नामावली सार्वजनिक गर्दै ७ दिनभित्र हाजिर हुन नआए कानुन बमोजिम हुने चेतावनी दिएको हो।

काठमाडौं महानगरपालिका–३ का दिवश विक्रम शाहले जनकपुरको सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने विषयमा परेको उजुरीबारे अनुसन्धान गर्ने क्रममा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिएपछि अख्तियारले सोधपुछ गर्न लागेको हो ।

अख्तियारले दिवश विक्रम शाहसहित तत्कालीन मालपोत कार्यालय धनुषाका प्रमुख मालपोत अधिकृत शशीनारायण लाल दास, नापी कार्यालय धनुषाका तत्कालीन नापी टोली प्रमुख चौमानसिंह थापा, नापी कार्यालय धनुषाका तत्कालीन निरीक्षक सिताराम साहलाई सोधपुछका लागि बोलाएको छ ।

Sponsored

विभा कुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजय कुमार मण्डल, चन्द्रकला कुमारी देवी, त्रिफुला कुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, संज्ञान देवी, पुष्पा सिंह, लक्ष्मीनारायण मिश्रालाई बोलाइएको छ ।

यसैगरी नितु कुमारी झा, शर्मिला कुमारी, रेणु कुमारी राय, नवल किशोर यादव, जन कुमार गोइत, रिता देवी, सिकली देवी यादव, नविन कुमार झा, मनिशा कुमारी झा, मिना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिका देवी यादव, मोमिना वेगम र गजेन्द्र ठाकुरलाई हाजिर हुन अख्तियारले सूचना सार्वजनिक गरेको हो ।

यस्तो छ अख्तियारले जारी गरेको सूचना

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *