मंसिर २ मा चुनाव गराउन सुझाव प्रधानमन्त्रीलाई सुझाव
टुडेपाटी-
काठमाडौं, असार २२ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन आयोगको टोलीले भेटेर मंसिर २ गते प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको टोलीले आगामी निर्वाचनको मिति प्रस्ताव गर्न प्रधानमन्त्री देउवासँग भेटघाट गरेको थियो ।
थपलियाका अनुसार मंसिर २ गते एकै चरणमा निर्वाचन गर्न प्रस्ताव गरेको बताए । तयारीमा १२० दिन चाहिने भएकाले सो मिति प्रस्ताव गरेको उनको भनाइ छ ।
जवाफमा प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव शान्तिपूर्ण गरेकोमा आयोगलाई धन्यवाद दिए ।
प्रधानमन्त्री देउवाले मंसिर २ कै सेरोफेरोमा एकै चरणमा तलमाथि नहुने गरी उपयुक्त मिति तोक्ने बताएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।
Sponsored