TodayPati

निर्वाचन मितिबारे छलफल गर्न आयोगका पदाधिकारी प्रधानमन्त्रीसँग छलफल गर्दै

टुडेपाटी-
काठमाडौं, असार २२ गते ।

निर्वाचन आयोगका पदाधिकारीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मितिबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाबीचसँग आज छलफल हुने भएको छ ।

आयोग पदाधिकारीले मंग्लवार नै छलफलका लागि समय मागे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बुधबारलाई समय तय भएको हो ।

Sponsored

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले आज ३ बजे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीले छलफल गर्ने तय भएको बताए ।

आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँगको छलफलमा तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी गरेका छन् ।

आयोग स्रोतका अनुसार आयोगले कात्तिक ३०, मंसिर २ र ५ गरी तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी छ ।

Sponsored

निर्वाचन सम्पन्न गर्न करिव नौ अर्व खर्च लाग्ने आयोगको अनुमान छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *