TodayPati

चट्याङ लागेर एउटै पालिकामा दुई बालकको मृत्यु, ९ जना घाइते

टुडेपाटी-
प्युठान, असार २१ गते ।

चट्याङ लागेर एउटै पालिकामा दुईजना बालकको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन् ।

प्युठानको ऐरावती गाउँपालिका ६ बिजुलीकोटमा चट्याङ लागेर स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियारको मृत्यु भएको हो ।

Sponsored

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर ऐरावतीको वडा नं.६ का ५ जना र वडा नं१ दाङवाङका ४ जना गरी ९ जना घाइते भएको समेत थापाले जानकारी दिए ।

घाइते मध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको र घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *