TodayPati

मधेश सरकारको स्थायी संरचना निर्माण गर्न प्रतिवेदन तयार, मधेश भवन प्राथमिकतामा

टुडेपाटी-
जनकपुरधाम, असार २१ गते ।

मधेश प्रदेश सरकारको भौतिक संरचना निर्माणका लागी जग्गा पहिचान, प्राप्ती तथा पूर्वाधार निर्माणका लागि गठित अध्ययन समितिले मुख्यमन्त्री लालबाबु राउतलाई आज आफ्नो प्रतिवेदक हस्तान्तरण गरेको छ ।

जनकपुरधामलाई स्थायी राजधानी घोषणागरि सकेपछि सरकारको मुख्य प्रशासनीक भवन लगायतका अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको पहिचान तथा प्राप्तिका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवको संयोजकत्वमा गठन गरेको समितिले सरोकारबालाहरु संगको छलफल पश्चात आफनो प्रतिवेदन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको छ ।

Sponsored

समितिले राजधानीको मुल संरचनाको लागी जचुकाली परिसरलाई नै मुख्यप्राथमिकतामा राखी राजधानी भित्रका अन्य सार्वजनिक तथा गुठी अधिनस्त जग्गाहरुलाई समेटेर प्रतिवेदन तयार पारेको समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री यादवले बताए ।

उनले जचुकाली परिसरलाई प्रशासनिक केन्द्र, चरण विकासको जग्गा तथा हाल प्रदेश सभा भवन रहेको क्षेत्रको जग्गामा आभाव क्षेत्र लगायतका अन्य संरचना निर्माणकालागि सिफारिस गरेको बताए ।

प्रतिवेदन ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रतिवेदनलाई आउने मन्त्री परिषदको बैठकबाट स्वीकृति प्रदान गरि साउन पहिलो सातादेखि नै जग्गा प्राप्तिको प्रक्रिया थालिने जानकारी गराए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *