प्रदेश सांसद कौशल यादव जसपाबाट निष्काशित
टुडेपाटी-
जनकपुरधाम, असार १९ गते ।
जनता समाजवादी पार्टी (जसपा) ले गत स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै एक प्रदेश सांसदलाई पार्टीबाट निष्काशन गरेको छ ।
महोत्तरी क्षेत्र नंं ४ (ख) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य कौशल कुमार यादवलाई जसपाले साधारण सदस्य समेत नगरहने गरी पार्टीबाट निकालेको हो ।
आईतबार बसेको जसपा महोत्तरी जिल्ला कार्यसम्पादन समिति बैठकले उनलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्काशन गरेको जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
उनले एक विज्ञप्ती जारी गर्दै सांसद यादवसंगै संघीय शिक्षक फोरमका अध्यक्ष कौशल कुमार यादवलाई पनि पार्टीबाट निष्काशन गरिएको जनाएका छन् ।
सांसद यादव संविधानसभा सदस्य समेत हुन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
Sponsored
यता सांसद यादवले आफूलाई एकाएक निष्काशन गरेको विषयमा समाजिक सञ्जलबाटै जानकारी भएको बताए ।
उनले आफ्नो राजनीतिक यात्रा जारी रहने बताउँदै अगामी यात्राका लागि थुप्रै पार्टीबाट अफर आइरहेको बताए । यधपी के गर्ने विषयमा चाँडै निर्णय लिने उनले बताए ।