TodayPati

भोजपुरी फिल्मका सुपरस्टार निरहुआ र आम्रपाली लगायतका कलाकार रौतहट आउँदै


टुडेपाटी
रौतहट, माघ २२ गते ।

नेपाल भ्रमण वर्षको अवसर पारेर आयोजना हुन लागेको ‘मधानी महायज्ञ’मा सहभागी हुन भारतीय भोजपुरी क्षेत्रका सुपरस्टार अभिनेता दिनेशलाल यादव निरहुआ र अभिनेत्री आम्रपाली दुबे लगायतका कलाकार रौतहट आउन लागेका छन् ।

रौतहटको मौलापुर क्षेत्रमा १२ सय वर्ष पुरानो मन्दिर फेला परेको अवसरमा आयोजना गरिएको महायज्ञमा सहभागी हुन निरहुआ र दुबे नेपाल आउन लागेका हुन् ।

Sponsored

नेपालले भ्रमण वर्ष २०२० मनाइरहेको र सोही अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको हो । १८ फेब्रुअरी अर्थात फागुन ६ गते हुने कार्यक्रममा दुई सुपरस्टारका साथमा गायिका इन्दु सोनाली पनि रहने छिन् भने सो टोलीमा नेपालका सेलिना कुँवर, सन्तोष राज, केकी अधिकारी, विजय यादव, सुनिल पण्डित, अर्जुन बिसी, सरिता साह, सचना शिवाकोटी लगायतका कलाकार सहभागी हुने एसराज प्रोडक्सनका प्रोप्राइटर कलाकार सन्तोष राजले जानकारी दिए ।
अन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो महायको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्ने कार्यक्रम रहेको बताएको छ ।

कार्यक्रमका लागि नेकपाका नेता तथा सोही क्षेत्रका सांसद प्रभु साह, र मौलापुर नगरपालिका र एसराज प्रोडक्सन्सले अगुवाइ गरिरहेको बताइएको छ ।

बाह्र सय वर्ष पुरानो पुरातात्विक महादेव मन्दिर भेटिएपछि महादेवको विशेष अनुष्ठानका लागि मन्दिर परिसरमै महायज्ञको आयोजना गरिएको हो । यो उत्सव फागुन ४, ५ र ६ गते गरी तीन दिनको चल्ने कलकार सन्तोष राजले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *