TodayPati

मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी

टुडेपाटी–
जनकपुरधाम, असार १६ गते ।

सम्पन्न विभिन्न योजनाको भुक्तानी नदिएको भन्दै मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा तालबन्दी गरिएको छ ।

मन्त्रालयको लेखा र खाद्य सुरक्षा महाशाखामा विभिन्न कृषक समूह सहकारी लगायत विभिन्न कृषी संघसंस्थोले बिहीबार तालाबन्दी गरेका हुन् ।

Sponsored

पाँच सुत्रिय मागसहित ती संघसंस्थाका प्रतिनिधिहरुले मन्त्रालयमा तालबन्दी गर्नुका साथै धर्ना सुरु गरेका छन् ।

अदालतको आदेश कार्यान्वयन गरी कृषक समुह, सहकारी किसानहरुको शित भण्डार को रकम अविलम्भ भुक्तानी गर्नुपर्ने, किसानहरुलाई समयमै प्रयाप्त मल खाद्य, बिउविजन उपलब्ध गराउनुपर्ने, प्रदेश सरकार, कृषी मन्त्रालय अन्तर्गतका संचालन हुने अनुदान, सेवा सुविधा र विभिन्न योजनाहरु एकरुपता गरि किसनहरुको हकहित सुनिश्चत हुनुपर्ने, शित भण्डरको बाँकी कार्य अगाडी बढाई किसानहरुको उत्पादन जन्य सामग्रीहरुको सुरक्षा हुनुपर्ने र किसानहरुको प्राकृतिक तथा विभिन्न कारणले भएको क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने लगायतको माग गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश उपाध्यक्ष शेषनारायण यदवले यथासिघ्र माग सम्बोधन नभए मन्त्रालयमा तालबन्दी गरि कडा संघर्षमा उत्रिने चेतावनी दिए ।

Sponsored

शीतभण्डारका लागि तीन वटा समूहको चार करोडभन्दा बढी रकम भुक्तानी हुन बाँकी छ ।

यता कृषि मन्त्रालयकी सचिव नम्रता सिंहले रकम भुक्तानी नियम कानून पुर्याएर हुने प्रतिवद्धता व्यक्त गरिन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *