TodayPati

मंगलबार रातिदेखि निरन्तर वर्षा, सतर्कता अपनाउन आग्रह

टुडेपाटी-
जनकपुरधाम, असार १५ गते ।

मंगलबार रातिदेखि देशभरका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ ।

हाल देशभर सामान्यदेखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Sponsored

महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पनि देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन,चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Sponsored

आगामी २४ घण्टाका लागि महाशाखाको चेतावनी तथा परामर्श

देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। 

सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *