प्रधानमन्त्री देउवाले गरे मन्त्री मण्डल पुनरगठन, समाजवादीबाट पाँच मन्त्रीको सपथ भोलि
टुडेपाटी-
जनकपुरधाम, असार १२ गते ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल पुनरगठन गरेका छन् ।
आइतबार प्रधानमन्त्री देउवा मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
आतबार साँझ राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद पुनर्गठन भएको जानकारी गराइएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका हुन्।
नेकपा (एकीकृत समाजवादी)बाट मन्त्रिपरिषदमा इन्ट्री गरेका नयाँ मन्त्रीको शपथ भोलि बिहान हुने भएको छ।
Sponsored
राष्ट्रपति कार्यालयबाट सोमबार बिहान ११ बजे शपथ ग्रहणका लागि खबर आएको नवनियुक्त मन्त्री मेटमणि चौधरीले जानकारी दिए।
‘भोलि बिहान सपथ हुने भनिएको छ,’ उनले भने, ‘११ बजेको सपथका लागि साढे १० बजे आउनु भन्ने खबर पाएको छु।’