TodayPati

जिल्ला समन्वय समिति रौतहटमा गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाचित

टुडेपाटी–
रौतहट, असार १२ गते ।

जिल्ला समन्वय समिति रौतहटमा गठबन्धन उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् ।

आइतबार गौरमा भएको निर्वाचनमा काँग्रेस, समाजवादी र माओवादी गठबन्धनका उम्मेदवार प्यानलसहित निर्वाीचत भएका हुन् ।

Sponsored

१८ स्थानीय तह रहेको रौतहटमा सभापति पदका उम्मेदवार​ रामअयोध्या यादवले कुल २६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यस्तै उपसभापतिमा समाजवादीका महेश बैठा २५ मत प्राप्त गरेर निर्वाीचत भएका हुन् । सदस्यमा काँग्रेसका अशोक कुमार झा, ईन्दु देवि, बिजुलिया पाश्वान र शेख मोज्जमिल २५÷२५ मत ल्याएर निर्वाचित भएका छन् ।

अन्य सदस्यहरुमा समाजवादीका किरण देवि पण्डित, सरफलाल यादव र माओवादीका महिला सदस्य कमला ढकाल निर्वाचित भएका छन् ।

Sponsored

आइतबार भएको निर्वाचनमा ३१ मत मात्र खसेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *