TodayPati

पर्यटनमन्त्री आलेले नेपाललाई बुझाए राजीनामा पत्र

टुडेपाटी–
काठमाडौँ, असार १२ गते ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले राजीनामा पत्र बुझाएका छन् । उनले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका छन्।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगर पुगेर आलेले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएका हुन्।

Sponsored

शुक्रबार आलोकनगरमै बसेको समाजवादीको पोलिटब्युरो बैठकमा आलेले ४८ घण्टाभित्र पद त्याग्न तयार रहेको बताएका थिए।

त्यही अनुसार आलेले आइतवार बिहान मन्त्री पद त्यागेको पत्र नेपाललाई बुझाएका हुन्।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *