सप्तरीका पाँच स्थानीय तहले गर्न सकेनन् गाउँ तथा नगर सभा
टुडेपाटी–
सप्तरी, असार ११ गते ।
सप्तरीमा रहेको १८ वटा स्थानीय तह मध्ये १३ वटा स्थानीय तहले मात्र नगर तथा गाउँसभा सम्पन्न गरेको छ ।
आर्थिक बर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै शुक्रबार एकसाथ १३ वटा स्थानीय तहले गाउँ तथा नगर सभा सम्पन्न गरेका हुन् ।
बाँकी पाँच स्थानीय तहले भने गाउँ नगर सभाको मिति समेत तय गरेका छैनन् ।
सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बोदेबर्साइन नगरपालिका, महादेवा गाउँपालिका र बलान विहुल गाउँपालिकाले गाउँसभा गर्न सकेको छैनन् ।
तयारी नपुगेकाले गाउँ तथा नगर सभा गर्न केही ढिलो हुने जनप्रतिनिधिहरूले बताएका छन् । यद्यपि, तीव्रताको साथ तयारी भइरहेको दाबी गरेका छन् ।
Sponsored
असार १० भित्र गाउँ तथा नगर सभा सम्पन्न गरिसक्नु पर्ने भएपनि यी स्थानीय तहले बजेट ल्याउन सकेको छैन् ।