जनकपुरधाम आइपुग्यो रामायण सर्किट जोड्ने रेल (फोटो/भिडियो)
टुडेपाटी-
जनकपुरधाम, असार ९ गते ।
रामायण सर्किट जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ ।
मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो ।
धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झण्डै ५ सय यात्रुसहित सो रेल जनकपुरमा पहिलो पटक आएको हो ।
जनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णव लगायत विभिन्न संघसंस्थमले भव्य स्वागत गरेका छन् ।
रेल जनकपुरधाम आइपुगेपछि रेल्वे स्टेशनमा तीर्थालुहरु जय श्री रामका नारा लगाएका थिए ।
Sponsored
यस्तो थियो रेल आइपुग्दा जनकपुरधाम रेल्वे स्टेशनको दृश्य