मधेश सरकारले आफ्नो प्रशासनिक भवन चुरोट फ्याक्ट्रिलाई नै बनाउने
टुडेपाटी–
जनकपुरधाम, असार ८ गते ।
मधेश प्रदेश सरकारले आफ्नो प्रशासनिक भवन जनकपुरधामस्थित रहेको जनकपुर चुरोट कारखाना लिमिटेडलाई बनाउने भएको छ ।
प्रदेश गठन भएपछि प्रशासनिक भवनको रुपमा प्रयोग गर्दै आएको चुरोट कारखानाको प्रांगणमै निर्माणका गर्न लागि सरकारलाई सिफारिस गरिने भएको छ ।
प्रदेशको स्थायी राजधानी जनकपुरधाम तय भएपछि प्रशासनिक भवनका लागि जग्गा खोजी गर्न प्रदेश सरकारले गठन गरेको अध्ययन तथा व्यवस्थापन समितिले जचुकाली प्रांगणमै मधेश सरकारका प्रशासनिक भवन निर्माण गर्नका लागि सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो ।
समितिका संयोजक समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादवले जचुकालीमै भवन निर्माण गर्ने सन्दर्भमा आफूहरुले प्रतिवेदन तयार गरिसकेको बताए ।
अहिले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बाहेक सबै मन्त्रालय तथा आवाशहरु चुरोट कारखानामा रहेको छ ।
Sponsored